बारामा विद्युतीय स्क्यानर प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ

रञ्जन यादव
470 पाठक संख्या

जीतपुर : बाराको जीतपुर बजार क्षेत्रमा विद्युतीय स्क्यानर प्रयोग गरी ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय जीतपुरका अनुसार ती व्यक्तिहरू कृष्ण मोबाइल सेन्टरमा स्क्यानर प्रयोग गरी ठगी गर्ने प्रयास गरिरहेका बेला उनीहरूको गतिविधि शंकास्पद देखिएपछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो। पसल सञ्चालकले उनीहरूको गतिविधि अस्वाभाविक देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए।

यसैबीच, जितपुर बजारका अन्य विभिन्न पसलहरूमा पनि उनीहरूले यसअघि यस्तै किसिमको ठगी गरेको आशंका व्यवसायीहरूले व्यक्त गरेका छन्। केही पसलधनीहरूले आफूहरू पनि विद्युतीय स्क्यानरमार्फत हुने ठगीको शिकार भएको दाबी गरेका छन्।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र यस प्रकरणसँग सम्बन्धित थप पीडितहरूको पहिचान गर्ने कार्यसमेत अघि बढाइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ।

Leave a review

This will close in 0 seconds