फेटा गाउँपालिकामा ल्याब तथा ओपिडि सेवा सहितको अस्पताल संचालन

साझेदारी दैनिक
साझेदारी दैनिक 929 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह/
बाराको फेटा गाउँपालिकाले फेटा अस्पतालमा ल्याब, ओपिडि सेवा सहितको अस्पताल संचालनमा ल्याएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ फेटामा संचालन रहेको उक्त अस्पतालमा शुक्रवार एक कार्यक्रमवीच ओपिडि सेवाको गाँउपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरेका छन ।

अस्पतालबाट अबदेखि विभिन्न किसिमका टेस्टहरुको पनि गरिने छ । अस्पतालमा ल्याब सहित विभिन्न टेष्टहरु हुने भएपछि स्थानीयहरुलाई कलैया र वीरगञ्ज जानु जानुपर्ने समस्या हटेको छ ।

फेटा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्र साहको अध्यक्षता आयोजित उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य धन्नजय प्रसाद यादव, जसपाका केन्द्र नं. ४ का क्षेत्रिय अध्यक्ष रामएकबाल साह, फेटा अस्पतालका पूर्वइन्चार्ज जोखु प्रसाद साह, भूपू गाविस उपाध्यक्ष बच्चा गिरी लगायतको उपस्थिति रहेको थियो।

उक्त शुभारम्भ समारोहमा स्वागत मन्तव्य फेटा अस्पतालका इन्चार्ज शिवजी साहको रहेको थियो अने सन्चालन मनोहर साहको रहेको थियो।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review