Sajhedari Daily
Latest News from Nepal

चैनपुर–बुनियाद–प्रस्टोका सडकको मन्त्री सोनलद्धारा शिलन्यास

Top Aside Banner

रबिन्द्र प्रसाद साह,
चैनपुर–बुनियाद–प्रस्टोका सडकको कालोपत्रे गर्न प्रदेश सरकारका भौतिक पुर्वधार विकास मन्त्री जितेन्द्र सोनलले शुक्रवार शिलान्यास गरेका छन ।

परवानीपुर गाउँपालिका वार्ड नम्बर ४ अन्तरगत चैनपुरमा मन्त्री सोनलले सडक शिलायान्स गरेका हुन । उक्त सडक भौतिक मन्त्रालयद्वारा प्रादेशिक सडक अन्तरगतको करिब एक करोड़ १४ लाख लागतमा निर्माण हुन लागेको हो ।

सडक डिभिजन कार्यालयद्वारा ठेक्का गरि रु २ करोड रकम रहे पनि ठेक्का सकार १ करोड १४ लाख ७५ हजार ६ सय ११ मा भएको हो ।

सकडक शिलान्यास कार्यक्रममा भौतिक पुर्वधार मन्त्रालयका सचिव रामा अधार साह, परवानीपुर गाउपालिका अध्यक्ष हरिनारायण साह, प्रसौनी गाउपालिका अध्यक्ष भोला साह, परवानीपुर गाउँपालिका उपाध्यक्ष सावित्री देवि, सडक डिभिजनका कार्यालय प्रमुख दरोगा साह, नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह, जसपा नेपाल बारा ४ को अध्यक्ष सिताराम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।