माधवनारायणका एक वडा अध्यक्षको निधन

साझेदारी दैनिक
542 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ रौतहटको माधवनारायण नगरपालिकाका एक जना वडा अध्यक्षको मृत्यु भएको छ।

माधवनारायण नगरपालिका -४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको आज बिहान असामायिक निधन भएको छ।

लामो समयदेखि गम्भीर प्रकृतिका रोगसँग लड्दै आएका वडा अध्यक्ष मुखियाको आज बिहान ७ बजे आफ्नै घरमा मृत्यु भएको उनका छोरा राम कलेबर मुखियाले जानकारी दिएका छन्।

केही वर्षदेखि अस्वस्थ रहँदै आएका उनलाई बचाउन उनका छोरा राम कलेबरले विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए।

बुबालाई बचाउन छोरा राम कलेबरले निकै प्रयास गरेतापनि अन्तत उनलाई बचाउन सकेनन् ।

नेकपा माओवादीबाट २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा उनी लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए।

त्यस्तै २०७४ को चुनावमा पनि उनी माओबादीबाट नै वडा अध्यक्षमा निर्वाचित भएका थिए।

नेकपा माओवादी पार्टीमा लामो समयदेखि आबद्ध रही काम गर्दै आएका वडा अध्यक्ष मुखियाको निधनले माओवादी पार्टीलाई अपूरणीय क्षती समेत पुगेको छ।

Leave a review