भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका हामिकसहित आधा दर्जन कर्मचारी कार्यालयमा अनुपस्थित

संदिप प्रसाद यादव
939 पाठक संख्या

कलैया । बाराको कलैयामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका हामिक सहित आधा दर्जन कर्मचारी कार्यालयमा उपस्थिती नहुदा सेवाग्रही मर्कामा परेका छन ।

केन्द्रका निमित्त कार्यालय प्रमुख राम किशोर साहसहित अन्य कर्मचारी अनुपस्थित हुँदा कामकाज ठप्प भएको छ ।

सेवाग्रहीहरुबाट बारम्बार गुनासो आएपछि आईतबार कार्यालय समयमा साझेदारी राष्ट्रिय दैनिक पत्रिकाको टिम कार्यालय पुग्दा कार्यालय प्रमुख साहसहित आधा दर्जन कर्मचारी कार्यालयमा नै भेटिएन । कार्यालयमा प्रमुख कर्मचारीहरु नै नभेटिपछि सेवाग्रहीहरु रित्तो हात फर्कनु परेको थियो ।

निमित्त कार्यालय प्रमुख साह सहित मत्स्य शाखाका नायब प्राविधिक सहायक रामायणजी राम महरा,आर्थिक प्रशासनका कर्मचारी लगायत आइतबार कार्यालयमा अनुपस्थित हुँदा कार्यालयको दैनिक कामकाज देखि बिमा हुने माछा,बाख्रा,गाइ र भैंसीको सिफारिस,भुक्तानी लगायतका कामकाज प्रभावित बनेका छन्।

सो कार्यालयको गुनासो बढेपछि साझेदारी राष्ट्रिय दैनिक पत्रीकाका टोलि आइतबार १ः ३० मा पुग्दा कर्मचारीहरु अनुपस्थित रहेको पाईएको हो ।

स्थानिय पशु सेवा कार्यालयमा कर्मचारीहरू नियमित रूपमा अनुपस्थित हुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको हामीलाई गुनासो गरेका छन। कृषक तथा पशुपालकहरू आफ्नो आवश्यक सेवा लिन कार्यालयमा जाँदा बन्द कोठा र सुनसान वातावरण भेट्न बाध्य छन्।

स्थानीय किसानहरूका अनुसार कार्यालयमा आउने पशु चिकित्सक र अन्य कर्मचारीहरू तोकिएको समयमा उपस्थित नहुने समस्या पटक–पटक दोहोरिरहेको छ। “हामी बिहानै पशु उपचारका लागि आउँछौं, तर कर्मचारी भेट्नै मुस्किल पर्छ,“ एक सेवाग्राहीले गुनासो गरे।

यस समस्याबारे सम्बन्धित निकायमा पटक–पटक गुनासो गरिए पनि समाधान नभएको अर्का सेवाग्राहीको गुनासो छ।

उनीहरूका अनुसार कार्यालयमा प्रमुख लागयत अन्य शाखा प्रमुखहरु नै नियमित रुपमा कार्यालय नबस्ता पशु उपचार,खोप र अनुदान सम्बन्धी कामहरू प्रभावित भई किसानहरूलाई आर्थिक तथा व्यावसायिक रूपमा असर परिरहेको गुनासो छ । कार्यालय प्रमुख नहुँदा कर्मचारीहरू पनि मनोमानी ढंगले कार्यालयमा आउने जाने गरको स्थानीयहरुको भनाई छ ।

यता यस विषयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा निमित्त कार्यालय प्रमुख साहसंग उनको मोबाईलमा सम्पर्क गर्दा आफू म्याद थप गराउने कामले जनकपुर मन्त्रालयमा आएको र पशु कार्यालयमा कर्मचारीको अभाव रहेको बताएका छन् ।

माछा शाखाका प्रमुख रामायणजी राम महरा लोकल कर्मचारी रहेको र केही समस्या भएर कार्यालयमा अनुपस्थित रहेको प्रमुख साहले बताए ।

कार्यालयमा अनुपस्थित हुने कर्मचारीको छानबिन गरि कारवाही गर्छु । प्रमुख साहले साझेदारी टिमलाई प्रतिकृया दिदै प्रतिबद्धता जनाएका छन ।

Leave a review

This will close in 0 seconds