Sajhedari Daily
Latest News from Nepal

करोडौँको लगानीमा कलैयामा सुबिधा सम्पन्न पार्टी प्यालेस संचालन हुदै

केही सयम यता करोडौँको लगानीमा बाराको सदरमुकाम कलैयामा सुविधा सम्पन्न होटेल तथा पार्टी प्यालेस संचालन गर्ने क्रम बढेको छ ।

पछिल्लो समय वरेवा दरवार एण्ड व्याँक्वीट खेलेसंगै फेरी पनि अर्को पार्टी प्याले संचालन हुने भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको पर्सा सिटी कलोनि परिसरमा होटल निर्माण गरिएको हो ।
उक्त कलोनीमा करोडौको लगानीमा सुबिधा सम्पन्न होटेल करण राज प्यालेस निर्माण भएको छ ।

होटल सञ्चालनमा आएपछि बाराको सदरमुकाम कलैयामा स्तरीय होटलको आवश्यकता पूर्ति हुने अपेक्षा गरिएको । बारा ऐतिहासिक र पर्यटकीय महत्वको स्थान भए पनि कलैया क्षेत्रमा स्तरीय होटलको अभाव देखेर आफुले होटलमा लगानी गरेको प्योस सञ्चालक मणिलाल सरार्फले बताएका छन। मंगलवार संचालक सर्राफले प्यालेस परिसरमै पत्रकार सम्मेलन गरि सो वारे जानकारी गराएका हुन ।

उपलब्ध हुने होटलको यही मंसिर १२ गते उद्घाटनको तयारीमा रहेको उक्त प्यालेसमा स्वीट, डिलक्स र स्ट्यान्डर्ड गरी २० ओटा कोठाहरु रहेको र विवाह, सभा सम्मेलन गर्न ४ ओटा हल रहेको संचालक सरार्फले जानकारी दिए ।

उनले बारामा बन्न लागेको अन्तरास्ट्रिय विमान स्थल,फास्ट ट्रयाक बन्नुले पनि यहाँ बाह्य तथा आन्तरिक पर्यटकको स्टे पोइन्ट को केन्द्र बन्ने भएकोले कलैयाको सम्भाब्यता अध्ययनपछि सो सुविधाजनक होटेल बनाइएको उनले जनाए ।

होटल परिसरमा १० देखि ३ सय जना अट्ने हल, भीआईपी बोर्ड रुम, एमपी थे्रटर गार्डेन जहा विवाह, बर्थडे पार्टी गर्न सकिने जनाउदै केही महिना भित्र जिमहाउस, स्वीमिङ पुल, ग्रीन गार्डेनलगायत सुविधा थप्ने जनाइएको छ ।

Comments are closed.

error: Content is protected !!