राष्ट्रिय नागरिक संर्घष समिति बाराको यूवा मोर्चा मंगलबार कलैयामा गठन भएको छ ।
एभरेष्ट लजमा भएको एक भेलाले सो मोर्चा गठन गरेको हो ।
संघर्ष समितिका जिल्ला अध्यक्ष मोजाबिल मिया अन्सारीको अध्यक्षतामा सो भेला भएको थियो ।
यूवा मोर्चाको अध्यक्षमा मनोजकुमार साह,उपाध्यक्षमा विलट पासवान,सचिवमा नयिम मियाँ अन्सारी,सहसचिवमा विनोद यादव एवम् कोषाध्यक्षमा ज्ञानचन साह रहेका छन् ।
मोर्चाको कार्यसमितिमा कुन्ति देवी नुनिया,मनकलिया पासवान, उमरावती देवी साह,सुदर्शनसिंह क्षेत्री,विरजी साह,प्रभुसाह तुराहा,उमेश पटेल,रंजित गोसाई,महम्मद गनी देवान तथा अमित मगर रहेको संघर्ष समितिका अध्यक्ष मोजाबील मियाले जानकारी दिए ।

