मदिलवामा तरकारी बजारको लागि ७ ओटा सेड निर्माण गरिने – नगर प्रमुख यादव

साझेदारी दैनिक
साझेदारी दैनिक 504 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर २ मदिलवामा तरकारी बजार लगाउनको लागि ७ ओटा सेड निर्माण गरिने नगर प्रमुख राजेशराय यादवले जानकारी गराएका छन ।

शनिवार उक्त वडाको अवलोकन तथा निरिक्षण गर्ने क्रमम स्थानीयहरुसंग कुराकानी गर्दै नगरप्रमुख यादवले यस्तो जानकारी गराएका हुन ।

स्थानीय बासिहरुसंग तरकारी बजार लगाउनको लागि जग्गाको अवलोकन र अनुगमन गरे पश्चात समुदायबासिहरुसंग छलफलमा नगर प्रमुख यादवले तरकारी बजार लगाउनको लागि उक्त ७ वटा सेड बनाउने बारेमा समुदायबासी माझ जानकारी दिएका थिए।

नगरप्रमुख यादवले यसवाहेक अतिरिक्त अन्य स्थानिय वाटोघाटो तथा नालाहरू लगायतको समस्याहरू माथि छलफल गरी यसपालिको बजेटमा समावेश गरिने वताएका छन ।

उक्त अवलोकन तथा निरीक्षणमा वडा नम्वर २२ का वडा अध्यक्ष लालबाबु यादव , राजिन्द्र चौधरी, सिताराम साह, ग्यासुदिन अन्सारी, बिरेन्द्र साह लगायतका गरि स्थानीय ३३ जनाको उपस्थिति रहेको थियो।

 

समाचार शेयर गर्नुहोस
Leave a review