बारामा प्रहरीद्धारा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट

साझेदारी दैनिक
513 पाठक संख्या

बारामा प्रहरीले विभिन्न स्थानबाट शनिवार अवैध घरेलु मदिार तथा भट्टी पसल नष्ट गरेको छ । प्रहरीले जिल्लाको गंजभवानीपुर, सिम्रौनगढ, पिपरपाती, मधुवन लगायतका स्थानहरुमा लुकाई छिपाई अवैध रुपमा राखिएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

अवैध घरेलु मदिरा उत्पादन भइरहेको भन्ने प्राप्त सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रुद्रराज कडेंलको कमाण्डमा मातहत इकाई समेतबाट प्रहरी टोली सहितको टोलीले अवैध घरेलु मदिरा उत्पादन गर्ने १९ ओटा अवैध भट्टीबाट करिब १२ हजार लिटर कच्चा पद्धार्थ र तयारी मदिरा करिब ८ सय लिटर मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds