सर्प दंशबाट मोती पटेल गम्भीर

राजेश कुशवाहा
270 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ ठुलो ब्रहम्पुरीमा बिषालु सर्पको दंशबाट विष लागेर एक जनाको अवस्था गम्भीर भएका छन्।

सोही टोल बस्ने ४२ बर्षिय मोती पटेल गम्भीर रहेको स्थानीय सर्पदेव कुशवाहाले बताएका छन्। पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको छ।

आफनो खेतबारी बाट सांझ घर फर्किने क्रममा उनलाई सर्पले टोकेको हो । गर्मी याम शुरु भएसंगै जिल्लामा सर्पको बिगबिगी बढेको छ।

दैनिक आधा दर्जन भन्दा बढी सर्पदशंका बिरामीहरु उपचारका लागि आउने गरेको प्रादेशिक अस्पताल कलैयाले जनाएको छ। खेतीपातीको समयमा किसानहरु खेतबारीमा काम गर्न जांदा सर्पले डस्ने गरेको छ।

Leave a review

This will close in 0 seconds