घर र गोठ जलेर स्वाहा

साझेदारी दैनिक
323 पाठक संख्या

सर्लाही : सर्लाही जिल्लाको बागमती नगरपालिका – ११ रमीत डाडामा एक घर र गोठ आगलागीमा परेर जलेर स्वाहा भएको छ।

अन्दाजी ४५/४६ वर्षीय च्यामा सिंह पाख्रिनको काठले बनेको ट्यालले छाएको दुई तल्ले घर र गोठमा जंगलको डढेलोबाट आगलागी भएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

निजको घरमा सर–समान नभएको घर र गोठ मात्र पुर्ण रूपमा जलि नष्ट भएको छ।

उक्त घर र गोठमा करिब तीन लाख बराबरको क्षति भएको छ। ईप्रकाबाट प्रहरी नायब निरिक्षक सुभाष यादवको कमाण्डमा टोलि खटी गई थप बुझ्ने कार्य भई रहेको प्रहरीले जनाएको छ।

आगलागी भएको स्थान ईलाका प्रहरी कार्यालयबाट तीन किमि उत्तर पूर्व रहेको छ। अन्य विस्तृत विवरण आउन बाँकी रहेको छ।

Leave a review

This will close in 0 seconds