बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ सखुवाघाटमा २०७० सालमा खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन भयो ।
समिति दर्ताका लागि छ महिने कार्यकालका लागि समिति गठन भएको झण्डै दश बर्ष भईसक्यो तर समिति पुर्नगठन हुने कुनै सुरताल छैन ।
दशकौ बर्ष वित्दा समेत तदर्थ समितिले नै हाई कमाण्डमा संचालन हुदा समेत समितिले नियमित गर्नुपर्ने साधारणसभाको साटो समिक्षा भेला गर्दै झारो टार्ने काम मात्र भईरहेको भन्दै उपभोक्ताहरूनै आक्रोशित बनेका छन ।
उपभोक्ता समेत रहेका स्थानीय युवा समाजसेवी रमेश घिमिरे भन्छन‘संस्था स्थापना भएको दशकौ भईसक्यो तर पनि साधारणसभा गर्ने तर्फ न नेतृत्वले ध्यान दिन्छन् न त सरोकारवालाहरूले चासो राख्छन हामी उपभोक्ताहरू मारमा परेको बताउछन।
कमसेकम केही नभए पनि साधारणसभा गरौ’भनेर बारम्बार आवाज उठाउदा पनि त कराउँदै गर म सुने नसुने झै गर्छु भने जस्तो भयो,घिमिरेको गुनसो छ ।
यता अर्का उपभोक्ता पासाङ लामाको भनाई उस्ती छ‘ साधारणसभा गर्न परो अवत अति भयो भनेर करायो हुन्छ भन्छन कहिल्यै गर्दैनन ।अवत अति भयो भन्नेलाई भन्दा सुन्नेलाई लाज भने जस्तो भयो,उने भने ।
हामीले शुरूवात हो भनेर सकेको सहयोग गर्यौ । हातमा हात मिलायर हिड्यौ थप राम्रो हुन्छ कि भनेर तर झन उपभोक्ता मारमा पार्ने काम मात्रै भयो । हिजो नयाँ मिटर जडान गराउदा सात हजार हाराहारी पर्थ्यो अहिले त झन बढेर एघार हजार हाराहारी पुग्यो, अब कसरी सकिन्छ,लामाले पिडा पोखे ।
अर्का उपभोक्ता प्रमोद चौधरी भन्छन के गर्नु पदमा बस्नेले आफैले बुझेर साधारणसभा गराउन पर्ने हो दश बर्ष वित्यो खै अधिवेशन साधारणसभा गराउने सुरसार नै छैन । हरेक बर्ष समिक्षा भेला भन्दै मेलोमेसो मिलायो सकियो । कसरी हुन्छ अब त अति भयो उने भने ।
यसरी उपभोक्ता समितिका पदाधिकारीहरुले नियमलाई लत्याउदै आफ्नै बपौती झै गरेर हाली मुहाली गर्दै दश बर्ष सम्म पनि साधारणसभा गराउन चासो नदेखाउनाले आम उपभोक्तामा आक्रोस बनेका हुन ।
यता उपभोक्ता समितिले फेरी पनि ललिपप दिएर भुल्याउने काम गरेझै फेरी यही चैत्र महिनाको ३ गते शनिवार शान्ति पार्क पिलुवामा समिक्षा भेलाको आयोजना गर्दै छ स्थानीयहरुले खबरदारीका लागि साझेदारी दैनिकसंग गुनासो गरेका हुन ।


