ट्युसन तथा कोचिङ्ग सेन्टरलाई अद्यावधिक गर्न कलैया उपमहानगरपालिकाको आग्रह

साझेदारी दैनिक
386 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले ट्युसन तथा कोचिङ्ग सेन्टरलाई अद्यावधिक गर्न आग्रह गरेको छ। शिक्षा शाखाका प्रमुख राजिवकुमार यादवले बिहीबार एक सूचनामा यस्तो लेखेका हुन्।

कलैया उपमहानगरपालिकामा ट्युसन तथा कोचिङ्ग कक्षा संचालन अनुमति कार्यविधि २०८० बमोजिम अनुमति पत्र लिई संचालनमा रहेका ट्युसन तथा कोचिङ्ग कक्षाको अभिलेखको लागि अद्यावधिक गर्नु पर्ने भएको सूचनामा लेखिएको छ।

यस्कोलागि आवश्यक कागजातहरु संलग्न राखी १५ (पन्ध्र) दिन भित्र शिक्षा, युवा तथा खेलकुद शाखामा विवरण पेश गर्नु हुन अनुरोध गरिएको छ।

तोकिएको समय भित्र विवरण पेश नगर्ने ट्युसन तथा कोचिङ्ग कक्षा संचालन गर्ने संस्थालाई प्रचलित कानुन बमोजिम आवश्यक कारवाही हुने समेत जनाइएको छ।

Leave a review

This will close in 0 seconds