अबैध सामान बोकेका दुई ट्रक नियन्त्रणमा,राजश्व कार्यालयमा बुझाइयो

साझेदारी दैनिक
534 पाठक संख्या

कलैया : बारा प्रहरीले लाखौंका विभिन्न सामान सहित दुई वटा ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको प्रहरी टोलिले जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.७ जीतपुर स्थित कार्यालय अगाडी चेक प्वाईन्टमा जाँच गर्दा बिल बिजक भन्दा बढि सामान रहेको जनाएको हो।

राजश्व छलीको आशंकामा ९० लाख ६४ हजार ९ सय ५ रूपैया बराबरको निम्न सामानहरू सहित दुई वटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो।

प्रहरी बरिष्ट नायब निरीक्षक जे जंग कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलिले बीरगंजबाट झापा तर्फ जादै गरेको ना ५ ख ३५५९ नं. को ट्रकमा लोड गरेको अं.मुल्य रू. चालिस लाख एक हजार चार सय उनसत्तरी रूपैँया बराबरको मेडिकल सामाग्रिहरु,कपडा,ट्यावलेट र अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको हो।

प्रहरी सहायक निरीक्षक राजन सिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलिले बीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ३ ख ७३११ नं. को कन्टेनर ट्रकमा लोड गरेको अं.मुल्य रू. पचाँस लाख तिर्सठ्ठी हजार चार सय छत्तिस रूपैँया बराबरको रेडिमेट कपडाहरु,टायर लगायत अन्य खुद्रा सामानहरू नियन्त्रणमा लिएको हो।

Leave a review