गर्मीले बाराको जनजीवन कष्ट बन्दै

साझेदारी दैनिक
358 पाठक संख्या

कलैया : अत्याधिक गर्मी बढेपछि बाराको जनजीवन प्रभावित भएको छ। गर्मीले जिल्लाको १६ पालिकाको जनजीवन प्रभावित बनेको हो।

गर्मी बढेपछि मानिसहरु घरबाट बाहिर निस्कन छाडेका छन। काम बिशेषले घर बाहिर निस्कनै परेमा छाता लिएर निस्कने गरेका छन्। गर्मीले जिल्लाका सडकहरु दिउसो सुनसान बन्ने गरेका छन्।

सधै भिडभाड हुने सरकारी कार्यालयमा समेत गर्मीले सेवा ग्राहीको संख्यामा कमी आएको छ। गर्मीको कारणले उराठलाग्दो दिनचर्या शुरु भएको छ। गर्मी बढेसंगै जिल्लाको स्थानीय बजारमा चिसो पेयपदार्थको बिक्री बढेको छ ।

गर्मी छल्नका लागि मानिसहरु सातु,तरभुजा,काक्रो,दही,लस्सी,केरा लगायतका चिसो खानेकरा खान थालेका छन।गर्मीले जिल्लाको कलैया,बरियारपुर,भवानीपुर,रामपुर,दोहरी,मझौलिया,उतरझिटकैया,सखुई,मनहर्वा,जैतापुर,पिलुवा,महेन्द्रनगर,बरियारपुर,गञ्जभवानीपुर,सिम्रौनगढ,कचोर्वा,पटेर्वा,अमृतगञ्ज, खजानी, भवानी,लगायतको जनजीवन प्रभावित बनेको हो।

Leave a review