मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालकको मृत्यु

साझेदारी दैनिक
450 पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ विद्यानगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कलैया पिलुवा सडकखण्डमा कलैयाबाट पिलुवा तर्फ जादै गरेको लु ९५ प ६३५४ नम्बरको रातो कालो पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक जिल्लाको कलैया उपमहानगरपालिका – ११ पिपराडी बस्ने अन्दाजी २४ वर्षीय संन्दिप कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता सापकोटाका अनुसार थप अन्य अनुसन्धान कार्य भैरहेको छ ।

Leave a review

This will close in 0 seconds