बारा प्रहरीले चार सय लिटर अबैध घरेलु मदिरा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले शनिवार सो मदिरा बरामद गरेको हो ।
जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ७ जीतपुर चोकमा सो मदिरा बरामद गरेको हो ।
पथलैयाबाट वीरगंज तर्फ आउदै गरेको ना ५ ख ८७८९ नम्बरको यात्रु बाहक बसलाई रोकि जाँच गर्ने क्रममा अवैध घरेलु मदिरा बरामद गरेको हो ।
सो यात्रु बाहक बसको डिक्कीमा लुकाई छिपाई राखेको २५ पोका अन्दाजी ४ सय लिटर अबैध घरेलु मदिरा बरामद गरेको हो ।
सो को अनुमानित मूल्य ६० हजार रुपैयाँ बराबरको बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त अवैध घरेलु मदिरालाई बरामद गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।


