वर्षाको सम्भावित जोखिमबाट सुरक्षित रहन नागरिकलाई सशस्त्र प्रहरीको आग्रह

साझेदारी दैनिक
314 पाठक संख्या

कलैया : बारा जिल्लामा अविरल वर्षासँगै उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नं. १२ गणले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

बारा भएर बग्ने औरही, पसाहा र वकैया खोलामा पानीको बहाव बढ्दै गएको र तटीय क्षेत्रमा डुबानको सम्भावना रहेकाले स्थानीयलाई सावधानी अपनाउन अनुरोध गरिएको हो ।

सशस्त्र प्रहरीले जिल्लाभित्रका सबै युनिटमार्फत विपद् जोखिम नियन्त्रण र व्यवस्थापनका लागि गस्ती संचालन गरेको छ। ती गस्ती टोलीहरूले आ–आफ्नो क्षेत्रका बासिन्दालाई माइकिङ गर्दै सचेत रहन आग्रह गर्दै आएका छन्।

जिल्लाभित्र सम्भावित विपद् जोखिमलाई नियन्त्रण गर्दै जनधनको क्षति हुन नदिन सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ।

यदि कुनै स्थानमा विपद् सम्बन्धी घटना वा जोखिम देखिएमा तत्काल टोल–फ्री नं. १११४, सूचना अधिकारी सशस्त्र प्रहरी निरीक्षक इन्द्र थापा (९८४२०२९४०२) वा गणको नं. ९८५१२७२११० मा सम्पर्क गर्न सकिने गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds