बारामा ६१ जनामा कोरोना संक्रमण पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 390 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारामा ६१ जनामा कोरोना पुष्टि भएको छ । कलैया उपमहानगरपालिकामा ८ जना, करैयामाई गाँउपालिकामा ४ जना, महागढीमाईमा ४ , निजगढ नगरपालिकामा ११ जना, आर्दश कोतवालमा ७ जना, कोल्हवीमा २, सुवर्णमा १, पथलैयामा एपीएफका ४ जना जीतपुरसिमरा उपमहानगरपालिकामा १६ जना , प्रसौनी गाँउपालिकामा २ र रौतहटका १ गरि ६१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिए ।

तिनीहरुको भदौ ५ गते स्वाब संकलन गरिएको थियो । उनीहरुको परिक्षण वीरगंजको नारायणी अस्पतालमा रहेको मेसिनमा गरिएको थियो । संक्रमितहरुलाई आइसोलेसनमा राखी उपचार भईरहेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस
Leave a review