‘राजा आउ देश बचाऊ, ’भन्ने नारा लगाउदै राजावादीको वीरगञ्जमा प्रर्दशन

साझेदारी दैनिक
साझेदारी दैनिक 902 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्साको वीरगञ्जमा बिहीबार ‘राजा आउ देश बचाऊ’ भन्ने नारा घन्किएको छ ।यतिखेर देशभर राजावादीहरुले प्रर्दशन गर्ने क्रममा वीरगञ्जमा पनि राजावादी संस्थाहरुले वृहद ¥याली सहित प्रदर्शन गरेका छन् ।

पर्सा र बाराका राजावादी संघ संस्थाहरुले वीरगञ्ज महानगरपालिकाको परिक्रमा गर्दै नारा जुलुस गर्दै देशव्यापी भ्रष्टाचार र गणतन्त्रको विरोधमा वीरगञ्ज नगर परिक्रमा गरेका हुन् । वीरगञ्जको घण्टाघरबाट शुरु भएको ¥यालीले वीरगञ्ज नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीसहित गरिएको प्रदर्शनमा सहभागी भएकाहरुले राजाको पक्षमा बिभिन्न नाराहरु लगाएका थिए ।

उनीहरुले जनता आऊ राजा ल्याउ देश बचाउ, नेपालको जनता के भन्छ,राजसंस्था ल्याउ भन्छ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा कसको प्रजाको, राजा रानी जिन्दाबाद जस्ता नाराहरु लगाएका थिए ।

¥यालीको क्रममा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न भन्दै हिन्दु राष्ट्रको पक्षमा समेत नाराबाजी गरेका थिए । नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल साहको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय सरोकार मञ्च नारायणी अञ्चल संयोजक नन्दकिशोर गोयल, सचिब मकबुल मिया बरैई, हिन्दु परिषदका जिल्ला अध्यक्ष पृथ्बी झा, विद्वत परिषदका रामनारायण प्रसाद कुर्मी, राष्टवाद संघका उमाशंकर साह, शिवशंकर साह लगायतको उपस्थिति रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review