कलैया । बाराको सिमरामा बुधबार जेनजी समुह र नेकपा एमाले आवद्ध कार्यकर्ताबीच झडपमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अरविन्द साह रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवंम् प्रहरी नायब उपरीक्षक वेद जोशीले पुष्टि गरेका छन्। यस अघि उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।
इलाका प्रहरी कार्यालय सिमरामा सम्राट उपाध्यायले किटानी जाहेरी दर्ता गराएका थिए। उनले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेका थिए।
उनीहरु ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

