सिमरा, ९ बैशाख
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १७ मा मुख्य दलहरुबाट वडा अध्यक्ष पदका लागि उम्मेदवार छनोट भईसकेको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १७ मा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वडा अध्यक्ष पदका लागि उम्मेदवार सर्वसम्मत छनोट गरेका हुन ।
आगामी पाँच बर्षका लागि वडा अध्यक्ष पदका नेपाली काँग्रेसले नवराज खड्कालाई उम्मेदवार बनाउन पार्टीको वडा समितिले सर्वसम्मत निणर्य गरेको छ । खड्का हालका वहालवाला वडा अध्यक्ष हुन । उनी यसअघि २०७४ मा भएको निर्वाचनमा निर्वाचित भएका हुन ।
यसैगरी नेकपा एमालेले पनि गाउँ कमिटीबाट भिम लामालाई वडा अध्यक्ष पदका लागि उम्मेदवार बनाएको छ । लामा यसअघि २०७४ मा भएको निर्वाचनमा पनि एमालेबाट नै उम्मेदवार बनेका थिए ।
यस्तै वडा नम्बर १७ मा नेकपा माओवादी केन्द्र पनि वडा अध्यक्ष पदका लागि उम्मेदवार छनोट गरेको छ । माओवादी केन्द्र वडा अध्यक्षका लागि गाउँ कमिटी अध्यक्ष लालप्रसाद घिमिरेलाई उम्मेदवार बनाउने निणर्य गरेको पार्टीले जनाएको छ ।
बाराको जीतपुरसिमरा वडा नं. १७ मा यस्ता छन् वडाअध्यक्षका उम्मेदवार
Leave a review
Leave a review

