नगर प्रमुख सिंहले गरे विद्यालय भवनको शिलान्यास

संदिप प्रसाद यादव
232 पाठक संख्या

कलैया : बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धरसिंह जैसवारले दुई तल्ले विद्यालय भवनको शिलान्यास गरेका छन्।

नगर प्रमुख सिंहले पचरौता नगरपालिका वडा नं. ७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेनौलीको प्राङ्गणमा सोमबार एक कार्यक्रमबीच नगरप्रमुख सिंहले भवन निर्माणका लागि शिलान्यास गरेका हुन्।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले विद्यालय भवनको निर्माणले शिक्षाको बाटो खोल्ने जनाए। भवन अभावका कारण विद्यार्थीहरुलाई समस्या भईरहेको उनले जनाए। उक्त नयाँ भवनको शिलान्यास गरिएको उनले बताएका हुन्।

हामी निर्वाचित भएर आउदा खेरि पचरौता नगरपालिकाको विभिन्न विद्यालयहरुमा आधारभूत संरचना,गेट, खानेपानी,शौचालय,कक्षा कोठा,ढोका र पर्खाल लगायत धेरै विध्न बाधाहरु लाई छल्दै हामी अगाडि बढेर अहिले यो चरणमा काम गर्दै गर्छौ, उनले भनेका छन्। पचरौता नगरपालिका भरी कै सबै भन्दा ठूलो योजना रहेको जनाए। यो योजना सात करोडको योजना रहेको बताए। विभिन्न विद्यालयहरुमा काम गरिरहेको उनले जनाए। विद्यार्थीहरुको संख्यामा वृद्धि भईरहेको उनले जनाए।

नगरपालिकाले विधालय भवनका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको छ। इबिडिङ्गमा वनशक्ती बिनोद साह–ताज (जे.भि.) वीरगंज –१४ लाई ६ करोड ५० लाख ६६ हजार ७ सय ८६ रुपैयाँ ७१ पैसा बराबरको मूल्य अभिवृद्धि कर सहित ठेक्का स्वीकृत भएको नगर प्रमुख सिंहले बताए। एक वर्षको लागी सम्झौता भएकोले त्यही अनुसार काम अगाडि बढाएको उनले भनेका छन्।

विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद ओलीले लामो समयदेखि कक्षा–कक्षाको अभावका कारण नियमित पठन–पाठन प्रभावित हुँदै आएको बताउदै भवन निर्माण भएपछि शिक्षण वातावरण निकै सुध्रिने उनले विश्वास व्यक्त गरे। शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रवक्ता लक्ष्मी यादव, शिक्षा सहसंयोजक मुकेश सिंह, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो।

Leave a review

This will close in 0 seconds