बारा प्रहरीद्वारा शुक्रवार नौ वटा गाईहरु नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० निलकण्ठवा स्थित मलंग बाबा मन्दिर नजिक नेपालबाट भारततर्फ लुकाई छिपाई लैजादै गरेको ९ वटा गाईलाई नियन्त्रणमा लिइएको हो ।
सो गाईको अन्दाजी मुल्य रू.२ लाख ५० हजार रूपैया बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त गाईलाई नियन्त्रणमा लिई गाईहरुलाई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।


