वीरगञ्जमा एक सय बाईस जनाले गरे रक्तदान

साझेदारी दैनिक
335 पाठक संख्या

वीरगञ्ज,१६ भदौ । तरुण दल पर्साले रगतको अभाव भए पछि वीरगञ्जमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सो रक्तदान कार्यक्रममा एक जना महिलासहित एक सय २२ जनाले रक्तदान गरेका छन् । वीरगञ्जको माईस्थानमा सो कार्यक्रम भएको हो ।

कार्यक्रमको अध्यक्षता तरुण दल पर्साका अध्यक्ष विकाश तिवारीको थियो । वीरगञ्जमा पछिल्लो समय रगतको अभाव बढदै गएपछि त्यसलाई पूर्ति गर्नको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष तिवारीले बताए ।

प्रदेशका भूमी,कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा वीरगञ्ज महानगरका उपप्रमुख ईम्तियाज आलम,तरुण दलका सदस्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा समीर मंसुरी,शेष हजरा,प्रिती गुप्ता,नाजिर अन्सारी,राहुल रौनियार,मुकेश गौरे,त्रिलोकी साह,किरण पाण्डे,मन्टु साह,विशाल साह,बिरबहादुर राम,उदय यादव,इरफना खान,सुनिल साह,रोहीत साह लगायतले सो कार्यक्रममा रक्तदान गरेका हुन् ।

Leave a review