वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

सहकारीको भवन निर्माणमा सक्दो सहयोग गर्ने नगरप्रमुख यादवको प्रतिवद्धता

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर ६ बेलपातिमाई मन्दिर छेउमा रहेको दिप शिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन निर्माण गर्नमा सक्दो सहयोग गर्ने कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवले आईतवार प्रतिबद्धता जनाएका छन ।

लुमन्ति आवासको लागि सहयोग समूहको सभा हलमा बसेको बैठकमा बोल्दै नगर प्रमुख यादवले यस्तो प्रतिवद्धता जनाएका हुन ।

कलैया उपमहानगरपालिका तथा लुमन्ति आवासको लागि सहयोग समूहद्वारा प्रवर्धित उक्त सहकारीको यसै आर्थिक बर्षमा भवन निर्माणको कार्य प्रारम्भ गर्नमा सहयोग गर्ने तथा अर्को बर्षमा भवन निर्माणको कार्य सम्पन्न गर्न समेत सहयोग गर्ने नगरप्रमुख यादवले बताए ।

उक्त सहकारी संस्थाको छलफल कार्यक्रममा सहकारीको समस्याहरु महिलाहरुद्वारा राखिएको थियो। साथै सो समस्याहरू सक्दो चाँडै समाधान गरिने पनि बताएका छन।

उक्त छलफल कार्यक्रममा सहकारीकी अध्यक्ष रामोतदेवि पासवान, लुमन्ति कलैयाका फिल्ड संयोजक अब्दुल कैश, लुमन्ति कलैयाकै सामुदायिक सहजकर्ता सूर्यराज पासवान, लेखापाल नितु मन्डल , सहकारीका व्यवस्थापक अखिलेश राम, सहकारीका सन्चालक समितिका सदस्यहरू, गोलिया प्रमुखहरू लगायतको सहभागिता रहेको थियो।उक्त कार्यक्रममा संचालन लुमन्ति कलैयाका सामुदायिक सहजकर्ता अनिल मण्डलको रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!