तिलगंगा आँखा अस्पताल निजगढमा एक हजार भन्दा बढी मोतिविन्दुको निशुल्क शल्यक्रियाको तयारी

साझेदारी दैनिक
378 पाठक संख्या

निजगढ : बाराको निजगढस्थित तिलगंगा आँखा अस्पतालमा एक हजार भन्दा बढी मानिसलाई लक्षित गरी निशुल्क मोतिविन्दू रोगको निशुल्क शल्यक्रियाको तयारी गरिएको छ।

निजगढ तिलगंगा आँखा अस्पतालमा शुक्रवार देखि एक हजार भन्दा बढी मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गर्ने तयारी रहेको छ। विगत केही दिन देखि बारा, पर्सा, रौतहट र सर्लाहीका बिभिन्न ग्रामीण स्थानमा पुगी निशुल्क आँखा शिविर आयोजना गरिनेछ।अस्पतालमा मोतिविन्दुका बिरामीहरु छनौट भईरहेका छ।

यसकोलागि हालसम्म छ हजार पाँच सय जनाको आँखा जाँच भएको छ। जस्मा एक हजार छ सय जना मोतिविन्दुका बिरामीहरु छनौट भएको छ। अपरेशन रिजोईस सिंगापुरको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान र निजगढ तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा शिवीर सञ्चालन भएको छ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको शाखाको रुपमा निजगढ तिलगंगा आँखा अस्पताल सञ्चालनमा रहेको छ। २०८१ कार्तिक महिनादेखि पूर्णरुपमा संचालित छ। आँखाको नियमति जाँच, शल्यक्रिया सेवा, चश्मा तथा औषधि सेवा र नियमित सामुदायिक कार्यक्रम गर्दै आईरहेको छ।

Leave a review