समाज रूपान्तरणको प्रमुख आधार शिक्षाः सभामुख यादव

रासस
258 पाठक संख्या
?????? ???? ????????, ?? ???? ???? ???????? ?????? ??????? ???? ?????? ?????????????? ????? ????????? ?????????? ???? ??????? ????? ???????????? ??????? ?????????? ???????? ???????????? ???÷????

धनुषा । मधेस प्रदेश सभाका सभामुख रामआशिष यादवले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको बताउनुभएको छ ।

जनकपुरधामस्थित मोनास्टिक विद्यालय÷कलेजको ४०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले मोनास्टिक विद्यालयले विगत चार दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको समेत उल्लेख गर्नुभयो ।

शिक्षा क्षेत्रमा समयानुसार प्रविधि, नैतिकता र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थीलाई अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ अध्ययनमा लाग्न सभामुख यादवले आग्रह गर्नुभयो ।

त्यसैगरी विद्यालयका संस्थापक अध्यक्ष विणादेवी साहले विद्यालयको इतिहास, उद्देश्य र उपलब्धिबारे जानकारी गराउँदै मोनास्टिक विद्यालय स्थापना भएको उद्देश्य समाजलाई शिक्षित, सचेत र सक्षम नागरिक उत्पादन गर्नु रहेको बताउनुभयो । उहाँले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै अनुशासन, संस्कार र समावेशी शिक्षालाई प्राथमिकता दिँदै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा विद्यालय÷कलेजका संस्थापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा विविध कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालय प्रशासनले ४०औँ वार्षिकोत्सवलाई स्मरणीय बनाउन विभिन्न शैक्षिक तथा सांस्कृतिक गतिविधि आयोजना गरिएको जनाएको छ ।

विद्यालयका संस्थापक डा सोनु साहले शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई नैतिकता, संस्कार र व्यावहारिक सीपसँग जोडिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका शिखा नायकले समेत आफ्नो धारणा राखनुभएको थियो ।

Leave a review

This will close in 0 seconds