वसन्तपुरस्थित बङाली टोलाका २९ घर जले

रासस
311 पाठक संख्या

इनरुवा (सुनसरी) : सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित बङाली टोला २९ घर जलेका छन् ।

विद्युत् सर्ट भई आगलागी हुँदा १२ परिवारका २९ वटा घर पूण रूपले जलेर नष्ट भएका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिनुभयो ।

आगलागीमा स्थानीय सिकन्दर अलि, जुबेर अलि,सब्बिर अलि,अबुहेलाल अलि,इम्ताज आलम,अशफाक अलि,इमशाक अलि,प्रवेज अलि,इर्फान मियाँ,फैयाज आलम र कैशर अलिको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय नइम अन्सारीले जानकारी दिनुभयो ।

यसैगरी नजाम मियाँ र नौशाद मियाँको घरमा अंसिक रूपमा क्षति भएको छ । यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न,लत्ता कपडा,फर्निचरका सामग्री,गरगहना जलेका प्रहरी उपरीक्षक तिम्सिनाले बताउनुभयो ।

यसैबीच अग्नीपीडित परिवारलाई अत्यावश्यक खाद्यान्न र त्रिपाललगायत सामग्री वितरण गरिएको हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले जानकारी दिनुभयो ।

Leave a review