जीतपुरसिमरामा भब्यरुपमा सहकारी दिवस मनाउने निर्णय

रञ्जन यादव
405 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाले ७६ औं राष्ट्रिय सहकारी दिवस भब्यताको साथ मनाउँने भएको छ ।

उपमहानगरका सहकारी समन्वय समितिका अध्यक्ष एवं नगर उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा बुधबार बसेको बैठकले चैत्र २० गतेका दिन विहान ७ बजे प्रभातफेरी सहित सहकारी दिवस मनाउने निर्णय गरेको हो ।

बैठकबाट पालिका भरिका सहकारीलाई प्लेकार्ड तथा ब्यानर सहित उत्साहजन सहभागिताका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

उपमहानगगरपालिका परिसरमा जम्मा भई प्रभातफेरी सहित जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित शान्ति टोलको खुल्ला मैदानमा सभा गरी कार्यक्रम गर्ने तय भएको उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले साझेदारी दैनिकलाई जानकारी दिए ।

यस्तै आगामी बैशाखमा प्रशिक्षक बोलाई २ दिने सहकारी सेमिनारको समेत आयोजना गर्ने निर्णय भएको उपमहानगरका पर्यटन तथा सहकारी शाखा प्रमुख सुधन चौधरीले जानकारी दिए । राष्ट्रिय सहकारी महासंघले यस वर्षका लागि सहकारीमा सुशासन, प्रविधि र एकिकरण भन्ने नारा तय गरेको छ ।

पालिकामा कृषि, बचत तथा ऋण र दुग्ध सहित ७० वटा सहकारी संस्था संचालनमा रहेको नगर सहकारी शाखा प्रमुख चौधरीले बताए ।

उक्त अवसरमा उपमहानगरपालिका भित्रका केही उत्कृष्ट सहकारीलाई सम्मान गरिने छ । उक्त दिन पालिका भरीका सहकारीहरुलाई सार्वजनिक विदा दिन अपिल गर्ने समेत निर्णय भएको उनले बताए ।

Leave a review