Sajhedari Daily
Latest News from Nepal

माघीको अवसरमा वीरगञ्ज र जिराभवानी गाउँपालिकामा बिशेष कार्यक्रम

राम मण्डल/
माघ महिनाको पहिलो दिन अर्था माघ १ गते माघी पर्वको रुपमा मनाईने गरिन्छ ।माघी पर्वको अवसरमा वीरगञ्जमा थारु समुदायले ¥याली निकाल्नुका साथै बिशेष कार्यक्रम गरेको छ ।

वीरगञ्जको घण्टाघरबाट निस्किएको ¥यालीले नगर परिक्रमा गरि स्विमिङ पुल परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा थारु समुदायका पुरुष महिला,बाल बालिकाहरुले आफनो समुदायकै पहिरन लगाएर सहभागी भएका थिए ।उनीहरुले थारु समुदायको रिति सँसकृति झल्किने बाजा गाँजा सजावटका साथै सहभागिता जनाएका थिए ।

स्विकमिङ पुल परिसरमा आयोजित माघी बिशेष कार्यक्रममा थारु समुदायका खानाका बिभिन्न परिकारहरुको स्टल राखिएको थियो । खाना स्टलमा घोङी,सानो ठुलो माछा,हाँस ,परेवाको मासु,केकडा लगायतका परिकारहरु राखिएको थियो ।

माघी महोत्सव मुल समारोह समितकामे को ओर्डिनेटर प्रभु चौधरीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा थारु समुदायका ब्यक्ति,पर्साका नेता कार्यकर्ता,बिभिन्न स्थानीय तहको जनप्रतिनिधी लगायतको सहभागिता थियो ।

यस्तै माघी पर्बको अवसरमा स्विमिङ पुल परिसरमै आयोजित रक्तदान कार्यक्रममा चार जना महिलासहित ६८ जनाले रक्तदान समेत गरेका थिए । यसैगरी माघी पर्वका अवसरमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ को पकडीटोल र वडा नम्बर ३ नौकाटोलमा बृहत कार्यक्रमको आयोजना गरिएको छ ।

वडा नम्बर ३ को नौकोटोलमा आयोजित खिचडी महोत्सव गाउँपालीकाका प्रमुख रामपित महतोको प्रमुख आथित्यता र ३ का वडाध्यक्ष उमेश महतोको सभापतित्वमा सम्पन भएको थियो ।

नौका टोलमा समपन्न कार्यक्रम थारुकल्याणकारिणी पर्साका संयोजक ठाकुर महतो, जिराभवानी गाउपालिका दुईका वडाध्यक्ष महादेव महतो थारु, चारका वडाध्यक्ष सुभास राउत , १ का अध्यक्ष सेख नुमान आजम गाउपालिकाका प्रशासकिय अधिकृत प्राण मेहता लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता समाजसेवी र स्थानीय हरुको सहभागिता रहेको थियो ।