कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचनमा उठेका उम्मेदवारले धमाधम घरदैलो गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका इन्जिनियर अरविन्द साह दुई वटा वडामा घरदैलो कार्यक्रममा गरेकाहुन्।बाराको कलैया उपमहानगरपालिका–८ स्थित बरेवा र वडा नम्बर २५ को सिसहनियामा सोमबार घरदैलो कार्यक्रम गर्दै उनले कलैयाको पूर्ण विकासकोलागि प्रतिबद्धता व्यक्त गरेकाहुन्।
घरदैलो कार्यक्रममा इन्जिनियर साहले मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्। उनले आफ्नो राजनीतिक एजेन्डा र विकास योजनाबारे मतदातालाई जानकारी गराएका छन्। कलैयालाई सुन्दर, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उनले बताएकाछन्।
आफु निर्वाचित भएपश्चात् कलैयालाई स्मार्ट सिटीको रूपमा विकास गर्न पहल गर्नेछु उनले भनेकाहुन्। सडक, पानी, ढल, स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सेवा सुधारका लागि सरकारमाथि निरन्तर दबाब दिने र पहल गर्ने उनको प्रतिबद्धता रहेको छ। उक्त घरदैलो कार्यक्रममा रास्वपाका नेता डाक्टर सुशील साह, कार्यकर्ता, स्वयंसेवक र युवाहरूको सहभागिता रहेको थियो।


