Sajhedari Daily
Latest News from Nepal

डा. गोविन्द केसीको जीवन रक्षाको माँग गर्दै बुधवार पनि वीरगञ्जमा प्रदर्शन

Top Aside Banner

राम मण्डल/
प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माँग गर्दै वीरगञ्जमा बुधवार पनि प्रदर्शन गरिएको छ ।
स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९ औँ पटक अनशनमा वसेका केसीको जिवन रक्षा गर्नुपर्ने उनको माँग सरकारले सम्बोधन गर्नुपर्ने भन्दै वीरगञ्जको घण्टाघरमा शान्तिपुर्ण प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागीहरुले डा.केसीको समर्थनमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका थिए । प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीले उठाएका मुद्दालाई राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्दै उनको जायज माँगलाई यथाशिघ्र सम्बाृधन गरि उनको जिवन रक्षा गर्नुपर्ने बताएका थिए ।

जसपाका युवा नेता ओम प्रकाश सर्राफले डाक्टर केसीले बिधमान स्वास्थ्य शिक्षामा सुधार गर्नको लागि अनशन गरिरहेको तथा उनको माँग जायज भएकोले सरकारले चाडो भन्दा चाँडो माँग सम्बोधन गर्नुपर्ने बताएका छन । नेता सर्राफले केसीको समर्थनमा शान्तिपुर्ण रुपमा प्रदर्शन गरेको बताए ।

प्रर्दशनमा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, चिकित्सक डा. उदय नारायण सिंह, जसपाकी नेतृ मोनिका सिंह, सामाजिक अभियन्ता प्रकाश थारु, शिवनाथ यादव लगायतका विभिन्न पेशाकर्मीहरुको सहभागिता रहेको थियो ।

यसैबीच अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा देशभर समर्थकहरुले विभिन्न कार्यक्रमहरु गरिरहेको बेला गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले पनि उनले उठाएको विषयहरुलाई सम्बोधन गर्ने माग गर्दै प्रदर्शन गरेको छन ।
डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको वीरगञ्जमा फाउण्डेशन पर्साले वीरगंज नगर परिक्रमा गरी विर।ेध प्रदर्शन गरेको छ ।

डाक्टर गोविन्द केसीको समर्थमान वीरगञ्जमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले प्रदर्शन गरेको छ । मेडिकल क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक अनसन गर्दै आएका सत्याग्राही प्राध्यापक डाक्टर गाविन्द केसी हाल १९ औं पटक आमरण अनसनमा बसेका छन् ।

डा केसीको अनसनको बुधवार २४ औं दिन फाउण्डेशन पर्साले सरकारलाई दावाव मुलक कार्यक्रम गरी डा के.सीको समर्थन गरेका छन । लोकतान्त्रिक देशमा एक सत्याग्रहीको यसरी अवाज लुकाउनु सरकार लोकतन्त्र विरोधी रहेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको ठम्याई रहेको छ ।

सरकारले यथासिघ्र डा के.सी का मागहरु सम्बोधन गर्नु पर्ने अध्याक्ष मोहममद सहाबुदिनले बताए । मोहम्मद सहाबुदिनको अध्यक्षतामा निस्केको ¥यालीमा,उपाध्यक्ष जय मंगल कापर,सचिव धिरज गुप्ता,सह सचिव मिन्टु देवि सिर्ह,कोषाध्यक्ष मनोहर साह लगायतको सहभागिता रहेको थियो ।