क्रीकेट, बास्केटबलदेखि नृत्यसम्म: बाल एकतामा तीन दिने स्पोर्ट्स फेस्ट सुरु

संदिप प्रसाद यादव
226 पाठक संख्या

कलैया । बाराको कलैयास्थित बाल एकता सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलमा तीनदिने स्पोर्ट्स फेस्ट सुरु भएको छ।

कलैया उपमहानगरपालिका–६ मा रहेको उक्त विद्यालयमा वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत आज एक कार्यक्रमबीच तीनदिने स्पोर्ट्स फेस्टको शुभारम्भ गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजीव कुमार यादवले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले शिक्षासँगै खेलकुद पनि उत्तिकै आवश्यक रहेको बताएका छन् । उनले खेलकुदले विद्यार्थी तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्ने बताए ।

तीनदिने खेलकुद महोत्सव माघ २२ गतेदेखि सुरु भई माघ २४ गतेसम्म सञ्चालन हुने विद्यालयका प्रबन्ध निर्देशक सुमोद कुमार सरार्फले जानकारी दिएका छन् ।

उनका अनुसार बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, कबड्डी, चेस, चित्रकला, गायन, नृत्यलगायतका विभिन्न खेल तथा प्रतियोगिताहरू सञ्चालन हुनेछन्।

उक्त कार्यक्रममा आईसीटी रोस्टर प्रशिक्षक तथा शिक्षक तालिम केन्द्र मधेस प्रदेशका प्रशिक्षक एवं नेल्टा बारा शाखाका कोषाध्यक्ष नरेन्द्र कुमार निधी, आस मोहम्मद, मधु गौतम, विद्यालयका सहायक निर्देशक संगिता सरार्फ, कक्षा ११–१२ का समन्वयक प्रिन्स कुमार सिंह, सेकेन्डरी समन्वयक प्रशान्त सरार्फ, प्राइमरी समन्वयक आदर्श, अनुशासन इन्चार्ज कुन्दन, क्रिकेट कोच कुमार थापा, बास्केटबल कोच विवेक साहलगायत शिक्षक, खेलाडी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रमको सञ्चालन रञ्जन शर्माले गरेका थिए ।

Leave a review