Sajhedari Daily
Latest News from Nepal

पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको छापा,कागाजात नियन्त्रणमा,जिल्ला हरेक पालिकामा अख्तियार पुग्ने

पर्साको कालिकामाई गाउँपालिकामा मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारेको छ ।
गाउँपालिकामा भएको बिकास निर्माणका कार्यमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेपछि गाउँपालिकाको कार्यालयमा अख्तियारको हटौडास्थित टोलीले छापमारी गरेको हो । अख्तियारको टोलीले गाउँपालिकाको विभिन्न योजनाहरुसंग सम्बन्धीत कागजात नियन्त्रणमा लिएको छ ।

कालिकामाई गाउँपालिकामा भएको भ्रष्टाचारको बिषयमा कार्यालयमा उजरी परेको बिषयमा छानबिन गर्नको लागि गाउँपालिका कार्यालयमा अख्तियारको टोली पुगेर उजरीसित सम्बन्धीत कागाजातहरु सँकलन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयका उपसचिव एवम सूचना अधिकारी बिष्णु प्रसास सापकोटाले बताएका छन ।

अख्तियारको टोलीले अहिले पर्सा जिल्लामा रहेको हरेक पालिकामा नै पुगेर उजुरीसित सम्बन्धीत कागजात सँकलन गर्ने सूचना अधिकारी सापकोटाले बताए ।

कालिकामाई गाउँपालिका मात्र नभई अहिले जिल्लामा रहेको हरेक पालिकामा भएको सडक निर्माण, ढलान, चापाकल जडान लगायतका योजनाहरुमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारको कार्यालयमा उजुरी परेको छ ।

सोही कारण छानबिन छिटो छरितो बनाउनको लागि अख्तियारको टोली ईन्जिनियरसहित नै पर्सा जिल्लामा खटेको छ । अख्तियारमा परेको उजुरीको बिषयमा छानबिनको लागि अख्तियारले पालिकाहरुलाई पटक पटक चिठी ईमेल पठाएपनि समयमै सम्बन्धीत फाईलहरु पलिकाले नदिने तथा दिएपनि बिना प्रमाणित दिने गरेकोले त्यस्ता फाईलहरु कामै नलाग्ने भएपछि अब अख्तियारले आफै पालिकामा पुगेर उजुरीसित सम्बन्धीत फाईलहरु सँकलन गरेर छानबिन अघि बढाउने अख्तियारको हेटौडा कार्यालयका सूचना अधिकारी सापकोटाले जानकारी दिए ।

उजुरीकर्ताले छानबिन प्रक्रिया ढिलो भएको भन्दै गुनासो बढेकोले छानबिनका लागि भनि अख्तियार आफै पालिकामा पुगेको सापकोटा जिकिर छ ।‘हामीले पालिकालहरुलाई उजुरीसित समबन्धित कागजात पठाई दिन पटक पटक ईमेल चिठीबाट जानकारी गराउदा पनि केही पालिकाले अटेर गर्छन,उनले भने,कसैले त बिना प्रमणिकरण नै गरिएको कागजात पठाएर झुक्याउने काम गरेकाले अब हाम्रो टोल आफै पालिकामा पुगेर प्रमाणित गरिएको कागजात सँकलन गरेर अनुसन्धान गर्छ । उने भने ’ ।
पर्सामा रहेका १४ वटै पालिकामा ब्याप्क भ्रष्टाचार भएको यहाँका स्थानीयहरु बारम्बार बताउदै आएका छन ।

Comments are closed.

error: Content is protected !!