प्रथम विकल रेग्मी जुनियरको उपाधि होडमा वडा ११ र ४

साझेदारी दैनिक
328 पाठक संख्या

निजगढ : उमेश घलन/बाराको निजगढमा प्रथम विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिताको उपाधि होडमा वडा नम्बर ११ र वडा नम्बर ४ रियल बेटिस पुगेको छ।

निजगढ–९ सहिद हिरालाल रंगशालामा वडा नम्बर ७ सँग भएको सेमिफाइनलको खेलमा १–० ले जित निकाल्दै वडा नम्बर ११ को टिम उपाधि जित्ने होडमा स्थान बनाएको हो। सेमिफाइनल खेलको अन्तिम समयमा निकस गुरोले बललाई जाली चुमाएका थिए। उनको यही गोल निर्णाय कबनेको हो।

गुरोले आफ्नो टोलिका लागि खेलको ३८ औँ मिनेटमा डिबक्स नजिकबाट प्रहार गरेको गोल नै निर्णायक बन्यो। शुक्रबार भएको अर्को सेमिफाइनलमा वडा नम्बर ४ ले वडा १ सँग ४ गोल अन्तरले पराजित गरेको हो। यस जितका साथै वडा नम्बर ४ले फाइनलमा स्थान बनाएको हो ।

सो खेलको म्यान अफ दि म्याच वडा नम्बर ११ का जर्सी नम्बर १३ का राहुल धामी कुमर घोषित भए। उत्कृष्ट खेलाडी धामीलाई वरिष्ठ पत्रकार गोकुल घोरासाइने,नेपाल मगर संघ निजगढकी बिभामाया मगर र स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले १ हजार नगद र ट्रफी प्रदान गरेका थिए ।

फाईनल खेल यहि बैशाख ३० गते मंगलबार दिउसो ३ः०० बजे सहिद हिरालाल रंगशालामा हुने छ । बैशाख ३० गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। उपविजेताले ३१ हजार रुपैंया प्राप्त गर्नेछ।

Leave a review

This will close in 0 seconds