Sajhedari Daily
Latest News from Nepal

राप्रपाले ओलीको कदमको विरोधमा संर्घष थाल्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी बाराले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई आईतवार ज्ञापनपत्र बुझाएकाृ छ ।

राप्रपाले देश अत्यन्त गम्भिर संवैधानिक राजनीतिक संकटमा फसेको निस्कर्ष निकाल्दै निकास निकाल्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानआर्कषण गराउन ज्ञापनपत्र बुझाएको हो । जिल्ला अध्यक्ष भरत बहादुर मल्ल र कार्यकारी अध्यक्ष राजनारायण साहद्धारा जारी सो ज्ञापनपत्र बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई बुझाएका थिए ।

प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना बिपरित असंवैधानिक तवरले संसद विघटन गरेको हुदा जनमतको अनादर गरेको ज्ञापनपत्रमा उल्लेख छ । कोभिडको महामारीकावीच महंगी बेरोजगारी, समस्याको समाधान गर्न नसक्नु, भ्रष्टाचार निवारण, धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासिनताको बिरोधमा, सनातन धर्म, हिन्दु राष्ट्र एवम राजसंस्थाको पुनरस्थपनाको पक्षमा राप्रपा संर्घषको थालनी गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

राप्रपाले सारेका २३ वटा माँगहरुप्रति सरकार संवेदनशिल बन्न प्रधानमन्त्री ओलीको ध्यान जानुपर्ने भनिएको छ । सो अवसरमा नेताहरु मोहन यादव, गिरधारी चौधरी, राजेश्वर यादव, शिव तिमिल्सीना, लालबाबु साह महिला नेतृ साबित्री भारती, नसिमा खातुन लगायतको सहभागिता रहेको थियो ।

Comments are closed.

error: Content is protected !!