Sajhedari Daily
Latest News from Nepal

संसद विघटन संविधान विपरीत र राष्ट्र हित विपरीत छ- मन्सुर

रबिन्द्र प्रसाद साह/
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री फरमुल्लाह मन्सुरले संसद विघटन संविधान विपरीत, लोकतन्त्रको मर्म विपरीत र राष्ट्र हित विपरीत भएको बताएका छन ।

नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ३ क्षेत्रिय समितिले सोमवार कलैयामा आयोजना गरको विरोध सभालाई सम्बोधन गर्दै मन्सुरले अहिलेको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने कुनै अधिकार नदिएको वताएका छन । उनले ओलीको अलोकतान्त्रीक र असंवैधानिक कदममा राष्ट्रपतिले पनि साथ दिएकोमा उनलाई उक्त पदमा बसिरहन नैतिकताले नदिने बताएका छन । संसद विघटनको निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री ओलीलाई नेता मन्सरले आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसको पार्टी कार्यालयबाट सुरु भएको सो विरोध ¥यालीले कलैया बजारको परिक्रमा पश्चात भरत चौकमा बिरोध सभा परिणत भएको थियो । क्षेत्रीय सभापति मुकेश कुशवाहाको अध्यक्षतामा अएको उक्त विरोध सभामा नेतृ तथा पूर्वमन्त्री कलावती पासवान, जिल्ला सभापति जयचन्द्र चौरसिया, नेता रामानन्द प्रसाद यादव, क्षेत्रिय सहसभापति फुल महम्द अंसारी, जिल्ला कार्य समितिका सहसचिव देवेन्द्र पंडित लगातकाले सम्बोधन गरेका थिए ।

कार्यक्रमा स्वागत कलैया नगर सभापति पुरुषोत्तम पाण्डेले गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव मनोज भट्टले गरेका थिए ।