कलैया : जेनजी युथ अफ बारा कलैया उपमहानगरपालिकाको समितिले प्रजातन्त्र दिवसको अवसरमा कलैयाको विभिन्न स्थानमा बिहीबार डष्टविन राखिएको छ । “युवाको चाहना स्वच्छ र सफा कलैया“ भन्ने नाराका साथ सो २६ वटा डष्टविन राखिएको हो।
डष्टविन कलैया बजार , बैंक रोड , भरत चौक, दरबार चौक, प्रादेशिक अस्पताल कलैया , गुप्ता पेट्रोल पम्प लगायत विभिन्न स्थानमा राखिएको जेनजी युथ अफ बारा कलैया उपमहानगरपालिका समितिका संयोजक सौरभ पाण्डेयले जानकारी दिएका छन्। आ–आफ्नो घर र पसलहरुको फोहोर ड्स्टबिनमा राखी सफा कलैया र स्वच्छ कलैया बनाउनलाई सहयोग गर्न पाण्डेयले आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा सुरज साह,संजय चौधरी,आनन्द गुप्ता,भोला साह,दिपेन्द्र साह,विकि गुप्ता,सुरक खनाल,राकेश यादव,अशोक पाण्डे,नुरआलम अन्सारी,बलिराम गिरि र राजु यादव लगायत जेनजी युथ अफ बारा कलैया उपमहानगरपालिका समितिका पदाधिकारीहरुको उपस्थिति थियो।

