उज्यालो युवा क्लबद्वारा ब्रह्मपुरी टोलमा सरसफाइ सम्पन्न

साझेदारी डेलि
247 पाठक संख्या

कलैया। उज्यालो युवा क्लबको आयोजनामा बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरी टोलमा आज सरसफाइ अभियान सम्पन्न गरिएको छ।

स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने नारासहित टोलका सडक, नाला तथा सार्वजनिक स्थानहरूको सरसफाइ गरिएको हो। समुदायमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्नु अभियानको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। क्लबले सरसफाइलाई एकदिने कार्यक्रम मात्र नभई निरन्तर अभियानका रूपमा अघि बढाइने छ।

सो कार्यक्रममा वडा नम्बर १७ का वडा अध्यक्ष दिपेन्द्र कुशवाहा,नेपाल प्रहरी, युवा स्वयंसेवक तथा क्लबका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

Leave a review