वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

युके एडको सहयोगमाचार सय कुष्ठप्रभावित र कुष्ठरोगीलाई राहत वितरण

बारामा चार सय सिमान्तकृत कुष्ठप्रभावित,कुष्ठरोगी तथा गरिव विपन्नहरुलाई राहत वितरण गरिएको छ ।युके एडको सहयोगमा सचालित कोभिड–१९ रेपिड रेसपन्स कार्यक्रम अन्तरगत द लेप्रोसी मिसन नेपालको हेल कार्यक्रम सिमराको सहजीकरणमा उक्त राहत वितरण गरिएको हो ।

विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लामो लकडाउनबाट प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरीरहेका चार सय कुष्ठप्रभावित,कुष्ठरोगी तथा गरिव विपन्नहरुलाई राहत वितरण गरेको संस्थाले जनाएको छ ।

कार्यक्रम अन्तरगत बारामा रहेका पाँच वटा स्वयम् सहायता समूहहरु मार्फत सिमान्तकृत कुष्ठप्रभावित,कुष्ठरोगी तथा गरिव विपन्नहरुलाई राहत वितरण गरिएको द लेप्रोसी मिसन नेपालको बरिष्ठ सामाजिक कार्यकर्ता रामहरी रेग्मीले साझेदारीलाई बताए।

संगती कृषि सहकारी स्वयम् सहायता समूह कोल्हवीका ७२ जनालाई, बौद्धिमाई स्वयम् सहायता समूह कलैयाका एक सय आठ जनालाई, दयालु स्वयम् सहायता समूह सुवर्ण गाउँपालिका पशुरामपुरका एक सय १० जनालाई, सडकटोल स्वयम् सहायता समूह निजगढका सात जनालाई र महिमा सहकारी स्वयम् सहायता समूह डुमरवानाका एक सय तीन जनालाई गरी चार सय जनालाई राहत वितरण गरिएको रेग्मीले जानकारी दिए ।

संस्थाले प्रति पव्यक्तिलाई राहत स्वरुप २५ केजी जिरा मंसुली चामल,दाल मसुरो २ केजीे, धारा खाने तेल २ लिटर र नुन १ केजी वितरण गरिएको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!