Sajhedari Daily
Latest News from Nepal

कुनैपनि हालतमा संसद पुर्नस्थापन गरेर छाड्ने :  केन्द्रीय सदस्य पासवान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका केन्द्रीय सदस्य महेन्द्र पासवानले कुनैपनि हालतमा संसद पुर्नस्थापन गरेर छाड्ने बताएका छन।

प्रचण्ड–नेपाल समुहको (नेकपा)ले बाराको जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई विहिवार बाराको सिमरामा सम्बोधन गर्दै केन्द्रीय सदस्य पासवालने केपी शर्मा ओलीले संसद बिघटन गरेर असंवैधानिक कु गरेकाले संसद पुनःस्थापना भएरै छाड्ने बताए ।

प्रदेश नम्वर २ का सह इन्चार्ज तथा पुर्वमन्त्री समेत रहेका पासवानले देशमा ठुला ठुला तानाशाहलाई जनताको आन्दोलनले पराष्त पारेको भन्दै केपी ओलीको तानाशाही प्रवृत्तिलाई समेत घुडाटेकाउने चेतावनी दिएका छन ।

यसैगरी सोही भेलालाई सम्बोधन गर्दै नेकपाका नेता तथा पुर्वमन्त्री पुरुषोतम पौडेलले प्रतिनिधि सभाको बिघटनले जनताको भावना माथि ठेस पुगेको बताए । उनेले कम्युनिष्ट पार्टीको सरकार जनताको समस्या समाधानमा गर्नुपर्नेमा प्रधानमन्त्री ओली स्वार्थमा लिप्त भएको दावी गरेका छन ।

उपमहानगर कमिटी अध्यक्ष कृष्ण खनालको अध्यक्षताम सम्पन्न उक्त भेललामा कार्यक्रममा केन्द्रीय सदस्य दिनेश राई, जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, जिल्ला सचिव एवम् प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सबिधान सभाका सदस्य जयराम दाहाल, नेताहरु गिता कडेल,सीता गुरुङ, बिभा कार्की, राजन पौडेल, देवनारायण चौधरी, मनोज पौडेलगायकाको सहभागी रहेको थियो।

भेला कार्यक्रमको सहजीकरण मिन प्रसाद आपागाई र स्वागत अर्जुन चिमरीयाले गरेको नेता मनोज पौडेलले जानकारी गराएका छन । सो अवसरमा सयौ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comments are closed.

error: Content is protected !!