संघीय अनुदान शिक्षण सहयोग बाराको २१ सदस्यीय जिल्ला समिति गठन

साझेदारी डेलि
83 पाठक संख्या

कलैया । संघीय अनुदान शिक्षण सहयोग बाराको २१ सदस्यीय जिल्ला समिति चयन गरिएको छ। गढीमाई मन्दिर परिसरमा शनिबार सम्पन्न जिल्ला भेलाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

समितिको अध्यक्षमा सन्तोष कुमार जयसवाल, वरिष्ठ उपाध्यक्षमा सुबोध पाण्डे र रवि चौरसिया, सचिवमा राजेश चौधरी, सहसचिवमा दिपेन्द्र प्रसाद साह र विवेक प्रसाद पटेल, कोषाध्यक्षमा एकबालीशंकर प्रसाद साह तथा सहकोषाध्यक्षमा राजेश्वर प्रसाद कुशवाहा चयन भएका छन्। साथै अन्य पदाधिकारीसहित २१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ।

सो भेलामा बारा जिल्लाका १६ वटै स्थानीय तहबाट शिक्षकहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा अंग्रेजी, गणित र विज्ञान विषयका तथा निम्न माध्यमिक र माध्यमिक तहमा संघीय अनुदानमा कार्यरत शिक्षकहरूको हकहित, पेशागत अधिकार, क्षमता विकास र शैक्षिक सुधारका विषयमा छलफल गरिएको सहसचिव दिपेन्द्र प्रसाद साहले बताएका छन्।

Leave a review

This will close in 0 seconds