विद्युत् र इन्टरनेट सेवा नियमित गर्न पर्सा प्रशासनको आग्रह

रासस
32 पाठक संख्या

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई आफना सेवा नियमित र भरपर्दो तुल्याउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यालय समयमा विद्युत् आपूर्ति र इन्टरनेट सेवा नियमित नभएपछि राजस्व सङ्कलनलगायत कार्य प्रभावित भएको जनाउँदै ती सेवालाई नियमित तुल्याउन प्रदायक संस्थालाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “विद्युत् तथा इन्टरनेट सेवा नियमित गर्ने विषयलाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ । केही समयमै यो समस्या समाधान हुने विश्वास लिइएको छ ।”

Leave a review