Sajhedari Daily
Latest News from Nepal

भन्सार छलेर ल्याएको अबैध चौपायासहित एक पक्राउ

पर्साको पोखरीयमा भारतबाट तस्करी गरि ल्याएको अबैध पशु चौपायासहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारतबाट ल्याइएको अबैध चौपायासहित पर्साको पोखरिया नगरपालिका वडा नम्बर ०९ बस्ने २० बर्षका विशाल प्रसाद यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।

भारतबाट भित्रयाइएको अवस्थामा पर्सागढी नगरपालिका ५ पेट्रोलपम्प स्थितबाट भैसी ४ वटा, पाडा ३ वटा सहित ना.३ च ११०६ र ना.४ च ९६२९ नम्बरको पिकअप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ ।

पक्राउ परेका साह तस्करी गरि ल्याइएको चौपायाहरुको साहु रहेको प्रहरीले जनाएको छ । चौपाया सहित साहलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइए छ ।

Comments are closed.

error: Content is protected !!