रेडक्रस सपही उपशाखा कोल्हबीको साधारणसभा सम्पन्न

साझेदारी दैनिक
320 पाठक संख्या

नेपाल रेडक्रस सोसाइटी सपही उपशाखा कोल्हबी ४ सपहीको ११ औ बार्षिक साधारणसभा एक कार्यक्रमबीच शनिबार सम्पन्न भएको छ ।

प्रगतिनगरमा रहेको महिला भवनमा सम्पन्न साधारणसभाको कोल्हबी नगरपालिका वाड नम्बर ४ का वडा अध्यक्ष बिष्णु मैनालीले उद्घाटन गरेका छन ।

उनले जा हेनरी ड्युनाको फोटोमा अबीर र मालायार्पण गरि पानसमा बति बालेर कार्यक्रमको उदघाटन गर्नु भएको हो ।

संस्थाका सभापति बाबुराम गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिती बाराका उपकोषाध्यक्ष राम कुमार उप्रेती,तामागढ़ी जडीबुटी उत्पादन तथा प्रशोधन कंपनी कार्यालयका प्रमुख बखत बहादुर साउद, नेरामावि सपहीका बिधालय व्यस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद सिवाकोटी,गणेश मैनाली महेंद्र देवकोटा,इंदिरा देवकोटा,बिशुनादयल चौधरी,रघुबंश चौधरी,कल्याणी बिमली लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त साधारणसभाको स्वागत मन्तव्य रीता देवकोटा र संचालन गौरी गिरीको रहेको थियो ।

Leave a review

This will close in 0 seconds