Sajhedari Daily
Latest News from Nepal

कोरोना सँक्रमण कारण पर्साका २ जनाको नारायणी अस्पतालमा मृत्यु

राम मण्डल /
आईतबार पर्साका दुई जनाको कोरोना सँक्रमणका कारण मृत्यु भएको छ । आईतबार बिहान कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिकाका एक र जिल्लाको छिपहमाई गाउँपालिकाका एक गरि २ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिका–१६ निवासी ६८ वर्षका कोरोना संक्रमित वृद्धको मृत्यु भएको नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । वृद्धको उपचारको क्रममा आइतबार बिहान १ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो । संक्रमित पुरुष शुक्रबार उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।

यस्तै पर्साको छिपहरमाइ गाउँपालिकाका एक कोरोना संक्रमितको वीरगञ्जमा आइतबार बिहान मृत्यु भएको छ । छिपहरमाई गाउँपालिकाका–३ निवासी कोरोना संक्रमित ४५ बर्षका पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिए ।

ती पुरुषको उपचारको क्रममा बिहान ९ बजेर ५५ मिनेटमा नारायणी अस्पतालमा मृत्यु भएको उनले बताए । ती पुरुषमा आइतबार नै कोरोना संक्रमण पुष्टि भएको तथा आजै अस्पतालमा भर्ना भएकोमा मृत्यु भएको दासले बताए ।

Comments are closed.

error: Content is protected !!