नवराज चौलागाईं,
कोरोना भाईरस संक्रमितको संख्या तीव्र गतिमा बढेपछी गत बैैैैशाख ३१ गतेदेखि पूर्ण रुपमा बन्द गरिएको निजगढमा बुधबारदेखि अत्यावश्यकीय सामाग्रीका पसल तथा व्यवसाय संचालन गर्न दिने भएको छ ।
कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन निजगढको मंगलबार सम्पन्न बैठकले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मापदण्ड अपनाउंदै व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो ।
बैठकले नगर भित्र रहेका स्टक सामाग्रीहरु विक्री वितरण गर्न दिने निर्णय भएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।
अर्को निर्णय नभए सम्मका लागि सम्पूर्ण सामाग्रीहरु आयातमा प्रतिबन्ध गर्दै नगर भित्र स्टक रहेका खाद्यय सामाग्री,दुध बिक्रि,मल बिउ पसल संचालन गर्न दिईने निर्णय भएको मेयर खनालले बताउनुभयो ।
स्थानीय स्तरमा उत्पादित तरकारी,फलफुल,माछा माशु विक्री वितरण गर्न पाईनेछ भने आयातमा पूर्ण रुपमा बन्देज गरिएको छ ।
यसरी तोकिएको व्यवसाय बिहान ११ बजेदेखि ३ बजेसम्म मात्र संचालन गर्न पाईनेछ । यस्तै बैठकले कृषि बालि उत्पादनकोलागी पर्याप्त मात्रामा मल उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय,कृषि सामाग्री लिमिटेड तथा साल्ट ट्रेडिङसंग अनुरोध गर्ने निर्णय भएको खनालले बताउनुभयो ।
यसैगरी तत्काल १ सय २१ बेड संख्याको क्वारेन्टाइन निर्माण गर्ने र आगामी दिनमा आवश्यकता अनुसार ५ सय वटा सम्म क्वारेन्टाइन बेड निर्माण गर्ने समेत बैठकले निर्णय गरेको छ ।
यसैगरी नगर भित्र संचालित राष्ट्रिय स्तरका आयोजनाहरु तथा नगरपालिकाबाट संचालित बिकास निर्माणका कार्यहरु संचालनको लाीग निर्माण सामाग्रीका पसलहरु बिहान १० बजेदेखि ३ बजेसम्म संचालन गर्न दिईने समेत निर्णय भएको छ ।
नगर भित्र उत्पादित मकै र केरा भने कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मापदण्ड अनुरुप निर्यात गर्न पाईने छ ।