सहकारीद्धारा कलैया उपमहानगरपालिका सेनिटाईज अभियान शुरु

साझेदारी दैनिक
साझेदारी दैनिक 406 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया स्थित जिवन ज्योति बचत तथा ऋण सहकारी संस्थाले कलैया उपमहानगरपालिकाको २७ वटै वडालाई सेनिटाईज गर्ने अभियान बिहिवारदेखि शुरु गरेको छ ।

बिश्वव्यापि कोरोना भाईरसको माहामारीबाट बच्नका लागि संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सो अभियानको थालनी गरिएको संस्थाका अध्यक्ष दिलिप चौधरीले जनाए ।

अभियान अन्तर्गत १० दिन भित्र कलैया उपमहानगरपालिकाको २७ वटै वडामा पुगि सम्पुर्ण घरहरुलाई सेनिटाईज गर्ने तथा कोरोना भाईरसबाट बच्न आवश्यक सावधानिहरुबारे जनचेतना जगाउने संस्थाका सदस्य धर्मेन्द्र तिवारीले बताए ।

निजि क्षेत्रबाट शुरु गरिएको यस अभियानले कलैयावासिलाई ठुलो सहयोग पुग्ने बिश्वास गरिएको छ ।
अभियान अन्तर्गत सो संस्थाले कलैयाको ४ स्थानमा अटोमेटिक सेनिटाईजर बुथ समेत जडान गर्ने संस्थाका सदस्य तिवारीले जनाए ।

कलैया उपमहानगरपालिकाको वडा नं.१ बट शुरु गरिएको अभियान २७ वटै वडामा पुग्ने छ । सो अवसरमा संस्थाका सदस्य तथा प्रदेशसभा सदस्य म.समिर, डा.बद्रि दास, भरत अग्रवाल, बन्टि अग्रवाल, शिवजि यादव, सुभाष जैसवाल, नबिन अग्रवाल, किशन शर्मा लगायतका सहभागि थिए ।

समाचार शेयर गर्नुहोस
Leave a review