दस वटा गाई प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
612 पाठक संख्या

बारा प्रहरीले १० वटा गाईलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार १० वटा गाईलाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको फेटा गाउँपालिका वडा नं. ०६ पुरैनिया स्थित नेपालबाट भारततर्फ लैजाँदै गरेको १० वटा गाई रहेको प्रहरीले जनाएको छ ।

गाई सात वटा र गाईको बच्चा तीन वटा गरी १०वटा गाई रहेको छ ।

ति गाईहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया पुरा गर्न भन्सार कार्यालय वीरगंज बुझाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

Leave a review

This will close in 0 seconds